तपाइलाई उच्च रक्तचाप छ ? किन हुन्छ जानौ कारणहरू...
तपाइलाई उच्च रक्तचाप छ ? किन हुन्छ जानौ कारणहरू...

उच्च रक्तचाप हुनुका कारणहरू के-के छन् त...
- उमेर: मानिसको उमेरसँगै रक्तचापको सम्भावना पनि बढ्दै जान्छ । जब मानिस बृद्ध अवस्थामा पुग्छ उच्च रक्तचापको जोखीम झन् बढ्न जान्छ । बृद्ध अवस्थामा पुगेका मानिसको धमनीहरूको कडा हुँदै जाँदा उच्च रक्तचापको मात्रालाई बढाउने गर्छ ।
- वंशानुगत गुण: मानिसको वंशाणुगत गुणले कारण पनि उच्च मानिसलाई रक्तचापको सम्भावना रहन्छ । परिवारमा पहिले देखी नै कोही उच्च रक्तचापको रोगी छ भने नयाँ पुस्तामा पनि सर्ने सम्भावना उत्तिकै हुन्छ ।
- लिङ्ग: पुरूषलाई बढी उच्च भएमा रक्तचापको खतरा हुन्छ ।
- मोटोपन: मानिसको मोटोपनले पनि उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । मोटो मानिसको शरिरमा रहने बोसोको मात्राले शरिरका धमनीलाई कसिलो बनाउँछ जसले गर्दा शरिरमा रगतको प्रवाह आफ्नै गतिले हुन पाउँदैन र यसले रक्तचापको सम्भावना निम्त्याउँछ ।
- नुनको बढी प्रयोग: शरिरमा आवश्यक पर्ने नुनको मात्रा भन्दा बढी नुन प्रयोग गर्नाले पनि उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । नुनमा रहेको सोडियमले रक्तचापलाई बढाउन मद्दत गर्छ । सकेसम्म ठिक्क मात्रामा नुनको प्रयोग गर्नु स्वास्थ्यका लागी अवस्य फाइदाजनक हुन्छ ।
- रक्सीको प्रयोग: बढी रक्सी पिउने मानिसलाई पनि रक्तचापले छिटै थला पार्न सक्छ ।
- तनावपूर्ण जीवन: उच्च रक्तचाप बढाउने अर्को कारण हो तनाव । जति धेरै तनाव त्यतिनै उच्च रक्तचापको समस्या हुने गर्छ ।
0 comments
Write Down Your Responses