बच्चाको मस्तिष्क विकाशका लागि स्तनपान अत्यावश्यक

बच्चाको मस्तिष्क विकाशका लागि स्तनपान अत्यावश्यक

           एक नयाँ अनुसन्धानले पर्याप्त स्तनपान गराइएका बच्चाहरुको मस्तिष्कको विकाश स्तनपानबाट बञ्चित बालबालिकाको भन्दा ३० प्रतिशत बढि हुने देखाएको छ । कम्तिमा जन्मेको ३ महिनासम्म केवल आमाको दुधमात्र चुसाइएका बालबालिकाहरुमा मस्तिष्कका निकै महत्वपूर्ण भागहरुको वृद्धि विकाश ३० प्रतिशत बढि हुने विज्ञहको भनाई छ । 
                    विज्ञहरुका अनुसार स्तनपानले शिशुको मस्तिष्कको भाषिक नियन्त्रण, संवेदना तथा बुझाइ र सिकाइको क्रिया नियन्त्रण गर्ने मस्तिष्कको भागको विकाश गर्नमा सहयोग गर्छ । अमेरिकाको ब्राउन विश्वविद्यालयमा गरिएको अनुसन्धानका अनुसार बच्चा दुइ वर्षा लाग्दाखेरी नै स्तनपानबाट उसको मस्तिष्कमा भएको विकाश देख्न सकिन्छ । अध्ययनको क्रममा वैज्ञानिकहरुले ४ वर्षमुनिका बालबालिकाको परीक्षण गरेका थिए । त्यसक्रममा स्तनपान गर्न पाएका र सुरु देखिनै आमाको दुधको साटो बोतलको दुध खाएका बालबालिकाको मस्तिष्कको एम आर आइ गरेर मस्तिष्कको तुलनात्मक विकाशको अध्ययन गरियो ।
                   अनुसन्धान टोलीका प्रमुख डाक्टर सिन डेओनीका अनुसा स्तनपान पर्याप्त गर्न नपाएका बच्चाहरुको भन्दा पर्याप्त स्तनपान गराइएका बच्चाहरुको मस्तिष्कको सेतो भागको विकाश २० देखि ३० प्रतिशत सम्म बढि भएको पाइएको छ । स्तनपान गर्न पाएका बालबालिकाको मस्तिष्कको सेतो भाग राम्रो सँग विकशित हुनुका साथै तन्दुरुस्त तथा लामा स्नायु फाइबरले युक्त हुने उनको भनाई छ । यस्ता नर्भ फाइबर हरुले बच्चाको सिकाइ प्रक्रियामा प्रभाव पार्छन् ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!