bichitra
»
गुजराँतीले बनाए गहुँतबाट चल्ने घडी
गुजराँतीले बनाए गहुँतबाट चल्ने घडी
गुजराँतीले बनाए गहुँतबाट चल्ने घडी

विश्व वातावरण दिवसको अवसर पारेर भारतको गुजराँतका एक व्यक्तिले गाइको पिसाबबाट चल्ने घडी र्सार्वजनिक गरेका छन् । अहमदावादभन्दा ४१५ किमि टाढा पर्ने मुन्दारा तालुकामा रहेको लुनी गाउँको एक गौशालामा उनले उक्त गहुँत घडी र्सार्वजनिक गरेका हुन् । गाइँको गहुँतबाट चल्ने विश्वको पहिलो त्यस्तो घडी बनाउने व्यक्तिको नाम हिरेनभाइ भेदा हो ।
यो घडी दुइ लिटर गहुँत भरिएका दुइवटा सिसाका बोतलबाट चल्छ । दुबै बोतलबाट तार लगेर घडीमा जोडिएको छ । यसरी बोतलमा गहुँत भरेपछि एक महिनासम्म घडी चल्ने र एक महिनापछि फेरी नयाँ गहुँत फेर्नुपर्छ ।
0 comments
Write Down Your Responses