किन कांग्रेस नेता देउवा भोलि भारत जाँदैछन्
किन कांग्रेस नेता देउवा भोलि भारत जाँदैछन्
२५ जेठ,
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा भोलि भारत जाँदै हुनुहुन्छ । भारत सरकारको निमन्त्रणामा देउवा एयर इण्डियाको विमानबाट विहान १० बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । एमाओवादी अध्यक्ष प्रचण्डले भारत भ्रमण गरेको झण्डै २ महिनापछि भारतले कांग्रेस नेतालाई नयाँदिल्ली बोलाएको हो । देउवासँगै नेता विमलेन्द्र निधि र देउवा पत्नी डा. आरजु राणा पनि दिल्ली प्रस्थान गर्नु हुनेछ ।
भ्रमणका क्रममा देउवाले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रञ्जन मथाई लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेट हुने कार्यक्रम छ । त्यस्तै भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, राष्ट्रवादी कांग्रेस पार्टीका अध्यक्ष शरद पवार, समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादव, कांग्रेसका महामन्त्रीद्वय जनार्दन द्विवेदी र दिग्विजय सिंह, विदेश विभाग प्रमुख करण सिंह, नेपाल सोलीड्यारीटी सोसाइटीका अध्यक्ष डीपी त्रिपाठी, सिताराम यचुरी, लगायतका राजनीतिक दल शीर्ष नेताहरुसँग भेटघाट हुने कार्यक्रम रहेको छ ।
देउवाले भारतको उत्तरखण्ड प्रदेश समेत भ्रमण गर्नु हुने कांग्रेस सचिव प्रदीप पराजुलीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
0 comments
Write Down Your Responses