फ्रान्सेली राष्ट्रपतिले जापानलाई चीन भनेपछि के भयो

फ्रान्सेली राष्ट्रपतिले जापानलाई चीन भनेपछि के भयो
२५ जेठ,
                फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्ड जापानको तीन दिने भ्रमणमा हुनुहुन्छ । तर, त्यहाँ उहाँले अनौंठो परिस्थितिको सामना गर्नु भएको छ ।टोक्योमा भएको एक पत्रकार सम्मेलनमा ओलान्ड अल्जेरियनमा मारिएका १० जापानीको प्रशंग उठाइरहनु भएको थियो । मृतकप्रति संवेदना व्यक्त गर्दै उहाँले भन्नुभयो-’म फ्रान्सको जनताको तर्फबाट मृतक चिनियाँ नागरिकप्रति श्रद्धान्जली व्यक्त गर्छु ।’ जापानीको सट्टा चिनियाँ नागरिक भने पनि उहाँले सच्याउनु भएन ।
           यद्यपी पत्रकार सम्मेलनमा उपस्थित अनुवादकले तत्काल सच्याएको छ । पछिल्लो दिनमा जापान र चीनको सम्वन्ध राम्रो छैन । पछिल्लो १७ वर्षमा जापान भ्रमण गर्ने पहिलो फ्रान्सेली राष्ट्रपति ओलान्ड हुन् । -बीबीसीको सहयोगमा

0 comments

Write Down Your Responses

Join Our Facebook !!!