एक लिटर बाट १११ किलोमिटर गुड्ने कार
एक लिटर बाट १११ किलोमिटर गुड्ने कार
एकएक लिटर तेलबाट कति किलोमिटर गाडी गुड्ला ? जर्मन कम्पनी भक्सवागनले हालै निर्माण गरेको एक्स एल १ गाडी एक लिटर डिजेलबाट १ सय ११ किलोमिटर गुड्छ। यो कारमा दुई जना बस्न सकिन्छ। यो हाइबि्रड कारमा २७ हर्सपावर इन्जिनका साथमा दुई सिलिन्डरको डिजेल इन्जिन पनि छ। यसको क्षमता ४७ बीएचपी छ। यो गाडीमा सात गियरको ड्युअल क्लज गियर बक्स छ।
धेरैभन्दा धेरै माइलेज लिन यो कारलाई एरोडानामिक डिजाइन गरिएको छ। बीबीसीका अनुसार यो विश्वको सबैभन्दा एरोडानामिक कार पनि हो, यसलाई कार्बन फाइबरबाट बनाइएको छ, जसका कारण कारको तौल ८ सय किलो मात्र छ। भक्सवागनले यस्ता २ सय ५० थान कार आफ्ना जर्मन उपभोक्तालाई दिने योजना बनाएको छ। यो कार बिक्री गर्नुको सट्टा उपभोक्तालाई प्रयोग गर्न मात्र दिइनेछ।
-saptahik
0 comments
Write Down Your Responses