विवाह पछाडि मात्र सेक्स - सबिना
नवप्रवेशीले जोवन दाउमा लगाउनुपर्छ

सानैदेखि कलाकारिताप्रति लगाव रहेको बताउने उनी पुराना दिन सम्झिन्छिन् र ‘सानैदेखि अभिनयमा खुब ‘इन्ट्रेस्ट’ थियो । सानो छँदै स्कुलमा नाटक तथा नृत्यमा सधै सहभागी हुने गर्थे । अभिनयलाइ मर्यादित तवरले अगाडि बढाउन पल्पसा कल्चर सेन्टर वनस्थलीमा अभिनय र नृत्य प्रशिक्षण समेत लिइरहेकी उनलाई यसले अभिनयमा खाफूलाई खार्दै आगाडी लागेको छ । ‘पहिलेभन्दा निकै राम्रो अभिनय गर्ने भएकी छु, ‘म्याचुरिटी’ र प्रशिक्षणको कारण पनि हुन सक्छ,’ उनी भन्छिन् ।
उसो त नृत्यमा पनि उनी उत्तिकै चाख राख्छिन् । फिल्मी क्षेत्रमा जम्न नृत्य जानेकै हुनुपर्ने उनलाई लागेको छ । फोटो सेसनको भने उनलाई खासै अनुभव रहेनछ । तर, उनलाई थाहा छ– ग्ल्यामर फोटोसुट भने गर्नुपर्छ । नत्र पछि परिन्छ उनि भन्छिन ।
‘त्यसैले मैले आफूलाई खुलाएकी छु,’ उनले लजाउँदै भनिन् । सेक्सबारे उनको पनि रेडिमेट जवाफ छ, सेक्स दुई आत्माको मिलन हो । सेक्सको अनुभव यी सुन्दरीले कतिपटक गरिसकिन होला ? कुतूहलता मेट्न लजाउँदै उनले भनिन्, कहाँ सेक्सको अनुभव हुनु । विवाह पछाडि मात्र सेक्सको अनुभव लिन्छु उनले भनिन ।
फिल्मी क्षेत्रमा जम्न नवप्रवेशीले जोवन दाउमा लगाउनुपर्छ भन्ने उनले भनिन । तर, आफू ‘कम्प्रमाइज’ गर्ने खालकी केटी नभएको उनी निर्धक्क बताउँछिन् । उनको रोजाइको भूमिका ‘नारीप्रधान’ हो । खानपिनमा पनि उनी त्यति सोखिन छैनन् । तर, चिकेन चिल्ली उनलाई ज्यादै मीठो लाग्छ । ‘चिकेन चिल्ली मन पर्छ । तर, घरको साधारण खाना पनि उत्तिकै रुचाउँछु,’ उनी भन्छिन् । कालो पहिरन रुचाउने यी सुन्दरी आफूलाई मन पर्ने रङ भने रातो र गुलाबी रहेको उनि बताउँछिन् ।
-सौस
0 comments
Write Down Your Responses