बैदेशिक भाषा उतिर्ण हुनुपर्ने बिबाह गर्नको लागि

बैदेशिक भाषा उतिर्ण हुनुपर्ने बिबाह गर्नको लागि
जेष्ठ २०,
               दक्षिण कोरियामा मजदुरी गर्न जानेले मात्र होइन अब कोरियन पुरुषसँग विवाह गर्ने विदेशी महिलाले समेत कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । भाषामा  कठिनाइ तथा सांस्कृतिक धेरै  भिन्नताका कारण कोरियाली पुरुषसँग विवाह गरेका प्रवासी महिलाको सम्बन्ध विच्छेद तीव्र भएपछि यो नियम ल्याइएको हो । कानुन मन्त्रालयले बिहीबार जनाए अनुसार यो नियम सन् २०१४ बाट लागू हुनेछ्र । अहिलेको कानुनअनुसार विदेशी नागरिकलाई वैवाहिक भिसामा आउन कोरियन भाषासम्बन्धी ज्ञान आवश्यक छैन ।
             नयाँ नियमअनुसार विदेशी महिलाले विवाह गर्ने पुरुषले पनि आयस्रोत देखाउनुपर्ने भएको छ । मासिक ११ लाखभन्दा कम आयस्रोत भएका पुरुषले विदेशी महिला विवाह गर्न पाउँदैनन् भन्ने बताएइको छ । आयस्रोत न्यून भएका पुरुषसँग विवाह गर्ने महिलाले सम्बन्ध विच्छेद गरेपछि यो नियम ल्याइएको हो । कोरियाका लागि प्रवेशाज्ञा प्राप्त गर्न महिलाले दूतावासमा कोरियन भाषामा नै अन्तर्वार्ता दिनुपर्नेछ र  कोरियन भाषामा कुराकानी गर्न असक्षम महिलालाई भिसाका लागि ६ महिनापछि मात्र अर्को पटक गर्न सकिने जनाइएको छ । तोकिएको भाषा परीक्षा उत्तीर्ण गर्नेलाई बिगिनर तहको प्रमाणपत्र दिइनेछ भने यो नियमले प्रवासी महिलामाथि हुने घरेलु हिंसा कम गर्ने अपेशक्षा गरिएको बताइएको  ।
            मन्त्रालयले यो वर्षको अन्त्यसम्ममा नियम परिवर्तनका सबै कानुनी प्रक्रिया पूरा गरिसक्ने जनाएको छ र  प्रस्तावित नयाँ नियम कानुन अनुसार भाषा परीक्षाको पहिलो तह उत्तीर्ण गरेकालाई भने कोरियन भाषामा अन्तर्वार्ता दिनु नपर्ने जनाइएको छ । कोरियन महिलाहरू विवाह र सन्तान जन्माउने विषयमा उदासीन भने कोरियन भाषामा अन्तर्वार्ता दिनु नपर्ने जनाइएको छ । कोरियन महिलाहरू विवाह र सन्तान जन्माउने विषयमा उदासीन भएपछि सरकारले वैदेशिक विवाहलाई प्राथमिकता दिइरहेका बेला नेपालमा नयाँ नियम ल्याइएको हो मन्त्रालयले जनाएको छ ।
kantipur 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!