एमाओबादी अब पुजीबादी क्रान्ति तिर

एमाओबादी अब पुजीबादी क्रान्ति तिर
जेष्ठ २०,
                     एमाओवादीले पुँजीवादी क्रान्ति गर्ने भन्दै उत्पादन र निर्माण अभियान अघि बढाउन छलफल सुरु गरेको छ । यसका लागि केन्द्रीय कार्यालयमा विज्ञहरूसँग अन्तक्रिर्यासमेत गरेको छ । हेटौंडा महाधिवेशनले 'जनवादी क्रान्ति' को बाटो छाडेर पुँजीवादी नीति लिएको थियो। यसै अनुरुप बैठकमा सहभागी प्रवक्ता अग्नि सापकोटाका अनुसार पार्टीले कृषि, पर्यटन र जलस्रोतको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अभियान अघिबढाउने र  विज्ञका सुझावका आधारमा अबको केन्द्रीय समितिले प्रक्रिया अघि बढाउने उनले जानकारी दिए छन  ।
                  'एक कमिटी एक उत्पादनको मूल नारा लिएर अघि बढाइनेछ,' उनले भने, 'त्यसका लागिब्रिगेड बन्नेछन् ।' त्यसका लागि सहकारी र ऋणबाट प्राप्त पुँजी प्रयोग गरिनेछ उनले भने । अन्तक्रिर्यामा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले १० वर्षे जनयुद्धमा लडिएझैं लडाइँ उत्पादन र निर्माणमा लाग्नुपर्ने बताएका छन् । 'विगतमा जनयुद्धमा जसरी समर्पित भएर लामबद्ध भइयो, अब देश विकासका लागि पनि उत्पादन र निर्माणमा त्यसरी नै लाग्नुपर्छ,' त्यसले नै मुलुकलाई समृद्ध बनाउनेछ उनले भने ।'
                    नेपालीको कडा मेहनत र एक अर्काप्रति अत्यन्त विश्वास गर्ने स्वभावका कारण पनि उत्पादन अभियान अघि बढ्ने विश्वास रहेको छ  । 'ठोस कार्यक्रम बनाएर गए विदेश गएका नेपालीहरू पनि घर र्फकन सक्नेछन्,' उनको भनाइ थियो ।  उनले हेटौंडा महाधिवेशनले लिएको आर्थिक क्रान्तिको बाटोमा अघि बढ्ने दाबी गरे र 'देशमा मौलिक क्षेत्र पहिचान गरी लगानी गरिए चीन, भारतलगायतका देशका तुलनामा नेपाललाई उभ्याउन सकिनेछ,' उनले दाबी गरे , 'पर्यटन, हाइड्रो पावरलगायत मौलिक विकासका आधारहरूलाई प्राथमिकतामा राखेर आगाडी बढेमा अबस्य पनि सफल हुने मा विश्वास राखे।'
-kantipur 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!