टर्कीमा बन्धक भएका ९ नेपाली हिरासतमा

टर्कीमा बन्धक भएका ९ नेपाली हिरासतमा
जेष्ठ २०,
             दुबईबाट ग्रीस लैजाने बेला टर्कीमा अपहरणकारीको फन्दामा फरेका ९ नेपाली कामदार त्यहाँबाट उम्कन सफल भए पनि उनीहरुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । अपहरणकारीकै फन्दामा रहेका अन्य चार जनाको अवस्था भने अज्ञात छ बाएयेको छ ।केही दिनअघि टर्कीमा बन्धक बनाउने आपसी   गिरोहबीच विवाद भएपछि भागेकामध्ये ९ जना नेपालीलाई हिरासतमा सुरक्षित राखिएको टर्की प्रहरीले जनाएको हो । टर्की प्रहरीले गैरकानुनी रूपमा त्यहाँ बसेको आरोपमा पक्राउ गरेर थुनामा राखेको टर्कीस्थित नेपाल कन्सुलरले बताएको  छ ।
      टर्कीस्थित नेपाल कन्सुलरले जनाएको छ । कन्सुलरले महानगरीय प्रहरी अपराध महाशाखालाई पठाएको पत्र अनुसार चित्रबहादुर पुन, दलबहादुर बुढाथोकी, कुर्साङ तामाङ, तिलक पुन, झपेन्द्रबहादुर खड्का, मेघबहादुर छन्त्याल, वीरबहादुर पुन, तुलबहादुर घर्ती मगर र सुरेश पुन हिरासतमा रहेका छन । 

उनीहरूलाई प्रक्रिया पूरा गरेर नेपाल र्फकन क लागि एक महिना लाग्ने टर्की प्रहरीले नेपाल कन्सुलरलाई जानकारी दिएको छ । बन्धक बनाइएका नेपाली रिहाइका लागि परिवारले त्यहाँ पैसा पठाउँदासमेत रिहा भएका थिएनन् । 'गैरकानुनी रूपमा यहाँ बसेकाले उनीहरू प्रहरी हिरासतमा छन्,' टर्की प्रहरीले नेपाल प्रहरीलाई पठाएको इमेलमा भनिएको छ, 'उनीहरूबारे चिन्ता लिनु पर्दैनभनिएको छ। 
            बैदेशिक  रोजगारीका लागि दुबई पुगेका नेपालीलाई त्यहाँ एजेन्टले ग्रीसमा राम्रो रोजगारी भएको लोभ देखाएर उनीहरुलाई  समुद्री, पैदल र अन्य बाटो अपनाएर टर्की पुर्‍याएका थिए । करिब  एक महिना लगाएर उनीहरूलाई ग्रीस लैजाने भन्दै टर्की पुर्‍याएपछि कोठामा बन्धक बनाइएको थियो । टर्कीमा बन्धक बनाएर फिरौती रकम लिएपछि पनि बन्धक बनाइएका रोल्पाका झपेन्द्र खड्काको परिवारले प्रहरीमा उजुरी दिएपछि अपहरणको यस्तो  रहस्य खुलेको हो ।
           पटक-पटक गरेर घरबाट पैसा आइन्जेल एउटा व्यक्तिबाट १० देखि २० लाख रुपैयाँसम्म उठाउने गरेको प्रहरीले बताएको  छ । घरबाट पैसा पठाउन नसक्ने भनेपछि उनीहरूले अपहरित व्यक्तिको चिनजानमा रहेका नेपालीलाई बोलाउन लगाएपछि मात्र छाड्ने गरेका थिए । दलालको जालमा परेर टर्की पुगेका नेपालीको उद्धारका लागि टर्कीका लागि नेपाली वाणिज्यदूतमार्फत कुरा भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी विजयलाल कायस्थले बताए । 
                टर्कीमा बन्धक बनाएर राख्नेलाई कुटपिट गरी १६ नेपाली त्यो कोठा छाडेर भागेको खबर आएको थियो । त्यहाँ झगडा भएपछि पुगेको टर्की प्रहरीले ९ नेपालीसहित अन्यलाई नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरीले इन्टरपोलमार्फत टर्की प्रहरीलाई पत्राचार गरेपछि बंगलादेश, पाकिस्तान र श्रीलंकन प्रहरीले आफ्नो नागरिकसमेत त्यहाँ रहेको जनाउँदै उद्धारका लागि संयुक्त पहल थाल्न अनुरोध गरेका छन् । यही गिरोहको जालमा परेर दुबईबाट टर्की पुगेका चार नेपाली भने स्वेदश फर्किसकेका छन् । बुटवलका अच्युत कँडेल, दोलखाका होम जिरेल, महेन्द्र कसाई र राजु नेपाली भने  नेपाल आइसकेका छन् ।
-कान्तिपुर 

,

0 comments

Write Down Your Responses

Join Our Facebook !!!