राम्रो असल बुहारी बन्नको लागि १० काइदा

राम्रो असल बुहारी बन्नको लागि १० काइदा 
                 बुहारीहरुको लागि  चुनौतिको कुरा भनेकै कर्म   घर हो। अनि परम्परागत नेपाली समाजमा सासु बुहारीको मेल खासै पाइँदैन र  कुरा काट्ने प्रवृत्ति तथा एकले अर्कोको अस्तित्व नस्विकार्ने प्रवृत्तिका कारण पनि महिलाहरुका लागि लोग्ने बाहेकका कर्मघरका सदस्यहरु त्यति राम्रो  लाग्दैनन्।  घरको सासु-बुहारी, ससुरा-बुहारी तथा नन्द-भाउजु सबैको मिल्नु अति आवश्यक रहेको हुन्छ।
यी कुराको परिपालना गर्ने हो भने अबस्य पनि कर्मघरमा बुहारीले   सबैले असल भन्नेछन्:
१ . सकारात्मक दृष्टिकोण : सासु पुरानो जमानाकी हुने भएकाले सबैको सोँचाइ पनि सोही अनुरुपको हुन सक्छ । त्यसैले उहाँको सोँचाइलाई पनि अन्तस्करण गरी स्वभाविक र सकारात्मक ढंगले ग्रहण गरी सोही अनुसार प्रस्तुत हुनुपर्छ ।

२ . सम्बेदंशिलाता:  उमेर तथा अनुभवले खारिएका सासु आमाहरुले जिवनमा धेरै हन्डर ठक्कर खाएका हुन्छन् । आफुले हुर्काएको छोराको जिवनमा कोही महिला आएको छ र छोराको माया ममता आमाबाट अर्कै महिलामा सरेको कुरा उनीहरुले सहजै स्विकारेका हुन्छन् । अझ श्रीमान गुमाइसकेका सासु आमाहरुको भर भनेकै छोरा बुहारीमा हुन्छ ।
३ . समानता:  आफुलाई जन्म दिने आम र कर्म घरको आमालाई एकै ठाउमा हेर्नु पर्दछ।आफ्नी आमालाई बढि माया गर्ने र सासुलाई हेला गर्ने वा वास्ता नगर्ने भुल कहिले त्यस्तो  नगर्नुहोस् । यसो गर्नुभयो भने तपाइँको श्रीमानको मन पनि दुख्छ ।
४ . सम्मान: सासु आमालाई सम्मान गर्नुहोस्, पाको र बुद्धिमान सम्झिनुहोस् । सासुआमासँग राम्ररी कुरा गर्ने, विगतका अनुभव सुन्ने तथा उपदेश मान्ने गर्नुहोस् ।
५ . धेरै बढि महत्वाकांक्षा आफुले  नराख्नुहोस्, र सधै आशावादी रहनुहोस् ।
६ . आफ्नो सासु आमाको इच्छा तथा आवश्यकताप्रति सधै  चनाखो हुनुहोस् पूरा गर्ने तत्परता देखाउनुहोस् ।
७ . आफ्नो सासुआमा संग आफ्नो सबै कुरा खुलेर गर्ने। परिवारमा हुन् लागेको नया कुरा काम बिषयमा कुरा   नलुकाउने।
८ . सधै सासुआमाबाट सल्लाह सुझाव लिएर मात्र  काम गर्ने बानी बसाल्नुहोस् ।
९  . सासु आमालाई बच्चाबच्चीको सधै स्याहार गर्न प्रयाप्त मौका समय दिनु पर्छ।
१० . सासुको कुनै व्यवहारले चित्त दुखेको छ भने उहाँको अगाडि कडि्कने काम नगर्नुहोस् । कारण तथा परिस्थिति बुझेर आफ्नो श्रीमानसँग खुलस्त कुरा गरेर समस्या टुंगाउनुहोस् ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!