अब मोरङ बाट रेखा चुनाब लडने
अब मोरङ बाट रेखा चुनाब लडने
जेठ १९ ,
हालै औपचारिक रुपमा एकीकृत माओबादी मा प्रवेश गरेकी रेखाले आगामी संबिधान सभाको चुनाम अब मोरङ बाट ;लडने भएकी छिन।राष्ट्रिय चलचित्र महोत्सवकालागि धरान आएकी रेखाले शनिबार राती ९ बजे ड्रिमल्याण्ड होटलमा पत्रकार सम्मेलन गर्दै आफुले देशको जुनसुकै क्षेत्रबाटपनि चुनाव लड्न सक्ने घोषणा गरेकी छिन । अहिले काठमाण्डौ बस्ने रेखा मोरङ क्षेत्र नं. ८ मा पर्ने सलकपुर-९ की हुन् स्थायी बासिन्दा हुन् ।अब रेखाले त्यस क्षेत्रबाटै उठ्ने सम्भावना ब्यक्त गरेकी छिन् ।
उनले १२ बर्ष चलचित्र क्षेत्रमा विताए पनि अब समाजसेवामा सक्रिय रहने बताईन् । आफ्नो बुबाको नाममा 'प्रेम फाउन्डेसन' नामक सामाजिक सस्था बाट सामाजिक कम गर्ने बताइन।म देशको नीति निर्माणको तहमा पुगेर पछाडि परेका महिला र बालबालिकाका लागि काम गर्न चाहान्छु अनि सभासद, प्रधानमन्त्री जे भएपनि फिल्म निर्माण गर्न भने नछाड्ने बताइन् ।
‘प्रधानमन्त्री पनि हुने चाहना छ ?’ प्रश्नमा उनले जवाफ दिईन् ‘किन नहुनु अवश्य पनि छ । सभासद् हुने र राजनीति गरेपछि प्रधानमन्त्रीसम्म हुने लक्ष्य त राख्नै पर्यो नि हैन र ।’
-onlinekhabar
0 comments
Write Down Your Responses