१ मिनेटमा २४ जना बलात्कार
१ मिनेटमा २४ जना बलात्कार

एउटा सर्वेक्षणले अमेरिकामा प्रतिमिनेट २४ जना बलात्कृत हुने गरेको देखाएको छ। औसतमा प्रतिमिनेट २४ जना महिलाले आफ्नो साथी वा जीवनसाथीबाट बलात्कार वा यौनजन्य हिंसाको सामना गर्नुपरिरहेको उक्त सर्वेक्षणले देखाएको छ। प्रतिवेदनअनुसार ५ मा १ महिला तथा ७१ मा १ अमेरिकी पुरुष जीवनमा कम्तीमा एकपटक बलात्कारको सिकार हुने गरेका छन्।
अधिकतम महिला २५ वर्षको आसपासमा बलात्कृत हुने गरेका छन् भने ४२ दशमलव २ प्रतिशत महिलाले १८ वर्षकै उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन्। अमेरिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले गरेको सर्वेक्षणमा १ दशमलव २ करोड महिला तथा पुरुष यौनहिंसाको सिकार भएका छन्। पछिल्ला १२ महिनामा मात्र १० लाख महिला बलात्कार प्रयासको सिकार भएका छन्। यस्तो हिंसाको सिकार भएका महिलाहरूले आफूलाई पति वा नजिकको साथीले बलात्कार गर्न खोजेको बताएका छन् भने अन्यले चिनेजानेका व्यक्तिबाटै त्यस्तो दुव्र्यवहार हुने उल्लेख गरेका छन्।
-एजेन्सी
0 comments
Write Down Your Responses