डेट मा बस्दै हुनुहुन्छ यी कुराको ख्याल गर्नुस जहिले पनि

डेट मा बस्दै हुनुहुन्छ यी कुराको ख्याल गर्नुस जहिले पनि 

फेसबुक डेटमा ध्यान दिनुपर्ने कुरा

                  अनलाइन डेटिङमध्ये अति लोकपि्रय डेट हो- फेसबुक डेटिङ। यसमा डेटिङ गर्ने जोडीहरूले विशेष ख्याल भने राख्नुपर्छ। आफ्नो डेट साथीलाई उसको स्वीकृतिबिना कुनै पनि फोटो ट्याग गर्न हुँदैन जसले उसमा नकारात्मक भावना उब्जन सक्छ। फेसबुकको आफ्नो प्रोफायलमा वैवाहिक सम्बन्धलगायतका कुरा पोस्ट गर्नुपर्दा ध्यान पुर्‍याउनुपर्छ। डेट पार्टनरलाई थाहा नदिइएका वा बोलेका कुराभन्दा झूटा विवरण पाइए आफूप्रति विश्वास घट्ने हुँदा यसतर्फ पनि ध्यान दिनुपर्छ। अर्काे महत्वपूर्ण कुरा, फेसबुकमा पोस्ट गर्ने स्टाटस विशेष ख्याल गरेर मात्र पोस्ट गर्नुपर्छ, अन्यथा आफ्नो रहस्य खुल्ने मात्र होइन, भित्री व्यवहार समेत अरूले चाल पाउने सम्भावना हुन्छ। त्यसकारण यस्तो व्यवहार नियन्त्रण गर्नतिर लाग्नुपर्छ।

फेसबुक च्याट गर्दा प्रयोग गरिने शब्दमा अनुशासन र धैर्यता गुमाउनु हुँदैन। च्याट गर्नुपूर्व साथीको साथमा अरू पनि छन कि भन्ने विचार गर्नुपर्छ। आफ्नो चलाखी वा प्रतिभा देखाउने नाममा भद्दा, अस्पष्ट र छोटो शब्दको अधिक प्रयोग गर्नु राम्रो मानिँदैन। यस्ता कुरामा ध्यान दिन सके आफ्नो प्रेमी/प्रेमिकाको आफूप्रतिको हेराइमा चोट पुग्दैन।

अनलाइन डेटिङ

             युवापुस्ता माझ लोकपि्रय डेटिङ हो- अनलाइन डेटिङ। स्काइप, याहु, फेसबुक, ट्विटरजस्ता विभिन्न ब्लग तथा वेबसाइटहरूमा उपलब्ध च्याट सुविधाबाट आजको पुस्ता घर र अफिसमा काम गर्दागर्दै डेटिङको मज्जा लुटिरहेका हुन्छन्। भेटघाटका लागि समय कुर्नुपर्नेहरूका लागि पनि अनलाइन सहज माध्यम भएको छ। शब्दको च्याट मात्र होइन, फेस टु फेस च्याट गर्ने र भ्वाइस कल गर्ने सुविधाले प्रेमी/प्रेमिकाहरू मात्र होइनन् विदेशमा रहेका आफन्त तथा इष्टमित्रहरूसम्मले ठूलो फाइदा पाएका छन्।

         अनलाइनले नै दाम्पत्य जीवनसम्म पुर्‍याइदिएको घटना पनि बढ्दै गएको छ। अचेल फेसबुकलगायतका सामाजिक सञ्जालहरूको लोकपि्रयतासँगै यसमा होमिने नेपालीहरूको जमात पनि बाक्लिँदै गएको छ। हालसम्म करिब १७ लाख नेपाली यसमा आबद्ध छन् भने फेसबुक प्रयोगकर्ताको विश्वसूचीमा नेपालको स्थान ६५ औं छ। विशेषगरी युवापुस्ता १८ देखि २४ वर्ष समूहको प्रयोगकर्ता मात्र कुल प्रयोगकर्ताको ४७ प्रतिशत छ। त्यसो त फेसबुक पनि डेटिङको एउटा अभिन्न पाटो बन्न पुगेको छ।

अनलाइन डेटिङको एउटा दोष के छ भने यसबाट भेट भएका सबै मान्छे राम्रा हुन्छन् भन्न सकिँदैन। कैयौंले नक्कली युवती र नक्कली युवा बनेर छलछाम गरिरहेका हुन्छन्। यति मात्र होइन, कैयांैले त व्यक्तिगत स्वार्थका लागि विभिन्न नाटक रचिरहेका हुन्छन। अनलाइन डेटमा किचकिच बढी हुनेे सम्भावना भएकाले जोडीहरूबीच शंका उत्पन्न हुने गरेको छ। यसका साथै अनलाइन डेटले कार्य क्षमता र समय बर्बाद गर्ने हुँदा व्यक्तिगत करियरमै चोट पुग्न सक्छ।

मोबाइल डेटिङ

         अनलाइन प्रविधिको विकास पूर्व मोबाइल डेट निकै लोकपि्रय थियो। हुन त अझै पनि अनलाइन डेटभन्दा मोबाइल डेटलाई विश्वासिलो मानिन्छ। प्रेमीजोडीहरू राति १० बजेपछि र बिहान ६ बजेअघि सस्तो रेटको सदुपयोग गर्दै डेट गर्छन्। यसका साथै आफन्त र कोही नभएको मौका छोप्दै पलपल मोबाइल डेटमा रमाउनेहरूको पनि कुनै कमी छैन। जोडीहरूलाई आफ्नो प्रेम प्रकट गर्न र प्रेमीको मन चोर्न यसले ठूलो सहयोग गरेको छ। जुनसुकै प्रकारको डेटपूर्व पनि मोबाइल नभै हुदैन।
       
     डेटिङको सामान्य परिभाषाअनुसार भन्नुपर्दा मोबाइल संवाद नै डेट हो जुन लामो वा छोटो दुवै हुन सक्छ। मोबाइलमार्फत नै भिडियो कल गर्नेहरूको जमात पनि उत्तिकै छ। केही समयअघि मोबाइल सेक्सको कुरा पनि सार्वजनिक भएको थियो। सुनसान, गोप्य र न्यानो सम्बन्धका लागि मोबाइल डेट उत्तम मानिन्छ।
-saptahik 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!