४३ जनालाई भारत लाग्दै गर्दा दाजुभाई पक्राउ
४३ जनालाई भारत लाग्दै गर्दा दाजुभाई पक्राउ
जेठ २६ ,

रोकामगर दाजुभाइले राम्रो कमाई हुन्छ भनेपछि कुभिन्डेदहमा दिदीको घरमा बस्दै आएका नबिन बिकले घरपरिवारलाई जानकारी नदिई हिँडेको बताए । 'विदेश पनि जान पाइने, पैसा पनि कमाइने भएपछि उहाँहरुको पछि लागेर आएको हुँ,' १४ वर्षीय नबिनले भने, 'प्रहरीले हामीलाई किन समात्यो अचम्म लागेको छ ।' उनले आफ्नो छामलका साथीहरुसँग बस चढेर आउँदा रमाइलो लागेको बताए।
उनको उमेरका प्रेम बिकले भने बुवाआमाले 'पैसा कमाउन' भारत पठाएको बताए। रोकामगरले घरमा गएर बाआमासँग कुरा गरेपछि सल्लाहमै भारत हिँडेको उनको भनाइ छ । 'हामीजस्ता गरिबलाई गाउँमा बसेर पैसा कहाँबाट आउँछ ?' उनले भने, 'त्यही भएर कमाउन हिँडेको हुँ ।' बालबालिकाले घरपरिवारको सल्लाहमा हिँडेको बताए पनि कतिपय बालबालिका भागेर हिँडेका स्थानीयले बताएका छन्। यही सुचनाको आधारमा प्रहरीले सबै बालबालिकालाई आइतबार सल्यानको बालुवासंग्राही पुर्याएर अभिभावकको जिम्मा लगाउने जनाएको छ । रोकामगर दाजुभाइले सबै बालबालिकालाई सोही ठाउँबाट लु१ख ६७९० नम्बरको बसमा चढाई ल्याएका थिए ।
रोकामगरले विदेशमा लगेर जोखिमपूर्ण श्रममा लगाउन खोजेको सुराकी पाएपछि प्रहरीले शुक्रबार साँझ ७ बजे छिन्चुमा रोकेको थियो । पक्राउ परेकामध्ये १९ बालक र २४ बालिका छन्। अभिभावकको सहमति भए पनि बालबालिकासम्वन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन रोक लगाएकोले घर फर्काउन लागिएको एसपी प्रधानले बताए ।
0 comments
Write Down Your Responses