artical
»
देख्छु सबैको आकार उस्तै छ यो देशको सरकार उस्तै छ ।।
देख्छु सबैको आकार उस्तै छ यो देशको सरकार उस्तै छ ।।
रोहित शाही ' अनुरागी '
गजल
देख्छु सबैको आकार उस्तै छ
यो देशको सरकार उस्तै छ ।।
नारा जुलुस लगाएर सधै
सडकमा चमत्कार उस्तै छ ।।
नेताहरुले भाषण गरे पनि
गरीबहरुको सिकार उस्तै छ।।
हसाउदै नाटक देखाउने
मन्चमा कलकार उस्तै छ ।।
नजान्ने नबुझ्नेहरुको सामु
हेरिरहने जानकार उस्तै छ।।
0 comments
Write Down Your Responses