म राष्ट्रपतिको निर्वाचनमा उठ्छु : सु की

म राष्ट्रपतिको निर्वाचनमा उठ्छु : सु की
जेठ २४,

                      म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले आफू म्यानमारको राष्ट्रपति पदमा निर्वाचनमा उठ्ने इच्छा व्यक्त गर्नुभएको छ । उहाँले सन् २०१५ मा म्यानमारमा हुन गइरहेको राष्ट्रपदीय निर्वाचनमा आफू उमेदवार बन्ने इच्छा देखाएको समाचारमा म्यानमारबाट विश्वका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।उनीहरूका अनुसार आगामी निर्वाचनमा नेत्री सुकीले राष्ट्रपतिमा उमेदवारी दिई देशलाई आगामी दिनमा नेतृत्व प्रदान गर्ने योजना बनाएको बताएका छन् । हाल म्यानमारको संसदमा प्रतिपक्षी दलको नेताका रुपमा रहनुभएको उहाँले सन् २०१५ को आम निर्वाचनपछि आफूले म्यानमारका नागरिकलाई नेतृत्व प्रदान गर्न इच्छुक रहेको बताउनुभएको हो । ‘म राष्ट्रपति पदका लागि उमेदवार बन्नेछु र मलाई लाग्छ यस विषयमा म आफू खुला रुपमा प्रस्तुत हुन चाहन्छु’- उहाँले बिहीबार बताउनुभएको समाचारमा जनाइएको छ ।


                  म्यानमारको राजधानी नाइपिदवामा जारी रहेको वल्र्ड इकोनोमिक फोरमका प्रतिनिधिहरूसँग उहाँले सो सार्वजनिक गर्नुभएको समाचारमा जनाइएको छ । म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीले यो पहिलो पटक आफू राष्ट्रपति हुने विषय बिहीबार पहिलोपटक सार्वजनिक गर्नुभएको हो । पूर्वी एसियाली राष्ट्रका प्रतिनिधिहरू सहभागी सो फोरममा उहाँ पनि सहभागी हुनुभएको छ । नेत्री सुकीले म्यानमारमा प्रजातन्त्रका लागि कम्तीमा पनि दुई दशक समय जेलभित्रै बिताउनुभएको छ ।म्यानमारको वर्तमान संविधानले विदेशीसँग विवाह गरेको वा उसका बालबालिका पनि विदेशी नागरिकबाट जन्मिएका छन् भने त्यस्तोलाई म्यानमारको राष्ट्रपतिको उमेदवार हुन दिएको छैन ।

                      सुकीका पति बेलायती थिए हाल सुकीका दुई छोरा पनि उनीबाट नै जन्मिएका हुन् । सुकीले आफू राष्ट्रपति हुने समाचार सार्वजनिक गरेलगत्तै यो कानुनी प्रावधान पनि बाहिर आएको छ ।म्यानमारको सैनिक सहयोगको सरकारले हालैका दुई वर्षयतादेखि राजनीतिक सुधारका काम अघि सारेको छ । सोही सुधार बमोजिम नै म्यानमारमा गत वर्ष उपनिर्वाचन भएको हो । सो निर्वाचनमा सुकीको दलले दुई तिहाइभन्दा पनि बढी मत प्राप्त गरेपछि हाल उहाँ संसदमा विपक्षी नेता हुनुहुन्छ ।
रासस/एएफपी

0 comments

Write Down Your Responses

Join Our Facebook !!!