मतदान गर्नको लागी १८ बर्ष पुग्नै पर्ने
मतदान गर्नको लागी १८ बर्ष पुग्नै पर्ने
जेठ २४,

आगामी संविधानसभाको निर्वाचनमा यही असार मसान्तमा १८ वर्ष पुगेकाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको बिहीबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ को दफा ५ को उपदफा १ को खण्ड (ख) मा निर्वाचनका लागि मतदाता हुन १८ वर्ष उमेर पूरा गरेको हुनुपर्छ । 'अर्को संविधानसभा सदस्य निर्वाचनमा मतदान हुनका लागि १८ वर्ष उमेर पूरा भएको मितिको प्रयोजनका लागि २०७० असार मसान्तलाई तोक्ने निर्णय गरेको छ,' आयोगका प्रवक्ता वीरबहादुर राईले विज्ञप्तिमा भनेका छन्, 'मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मितिसमेत २०७० असार मसान्तलाई नै कायम गर्ने निर्णय भएको छ ।'
0 comments
Write Down Your Responses