किन गरे त हिमाल शर्माले राजीनामा ?
किन गरे त हिमाल शर्माले राजीनामा ?
जेठ २४,

त्रिभुवन विश्वबिद्यालयका केन्द्रीय क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति हिमाल शर्माले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । बिहीबार राष्ट्रिय सभागृहमा भएको अनेरास्ववियु (क्रान्तिकारी) को उपत्यकास्तरीय कार्यकर्ता भेलामा उनले यस्तो घोषणा गरेका हुन् ।
स्ववियुले जेठ २३ को लागि घोषणा गरेको स्ववियु निर्वाचन एक हप्ताअघि स्थगित गरेको थियो र शर्माले कुलपति र उपकुलपतिको राजीनामा र स्ववियु निर्वाचनको मिति घोषणाको लागि दबाब दिन आफुले राजीनामा गरेको बताए छन् ।
विद्यार्थी संगठनहरुबीच फर्जी भर्नाको बिषयमा विवाद बढेपछि त्रिविले जेठ १६ गते निर्वाचन स्थगित गर्ने सूचना जारी गरेको थियो । स्ववियु चुनावको विषयलाई लिएर पछिल्लो समय विद्यार्थी संगठनहरुबीच ठुलै विवाद चर्किएरहेको छ ।
0 comments
Write Down Your Responses