कर्मचारीको मिलेमतोमा एक व्यक्ति लाई १२ थान नागरिकता

कर्मचारीको मिलेमतोमा एक व्यक्ति लाई १२ थान नागरिकता
जेठ २६,
                   जिल्ला प्रशासन कार्यालयकै कर्मचारीको मिलेमतोमा नवलपरासीमा एक व्यक्तिले १२ जनालाई आफ्नो नक्कली  छोरा बनाई नागरिकता दिलाएको खुलासा भएको छ ।सनई गाविसका सरफु्द्दिन मुसलमानले विभिन्न मितिमा गाविसबाट सिफारिस बनाई केही भारतीय नागरिक सहित १२ जनाको नागरिकता बनाइदिएका छन्  । मुसलमानले नक्कली नागरिकता दिलाएको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानबिन समितिले पेस गरेको प्रतिवेदन अनुसार सम्पूर्ण  फर्जी नागरिकता वितरण गरेको खुलासा भएको हो ।

                  मुसलमानले गाविस सचिवले सिफारिस गर्दा दिने सबै कागजात आफैँ तयार गरेर  सचिव गोकुल गिरीको समेत किर्ते हस्ताक्षर गरेका थिए । गाविसका सचिव गिरीले नक्कली कागजपत्र पेस गरी नागरिकता निकालेको उजुरी हालेपछि जिल्ला प्रशासनले छानबिन समिति गठन गरेको थियो । मुसलमानले बाबु बनेर नागरिकता दिलाउनेको सङ्ख्या १७ जना रहेको बताइएको छ ।
रासस

0 comments

Write Down Your Responses

Join Our Facebook !!!