बलात्कार मा पर्दा केटीहरुले मज्जा लुट्छन : न्यायाधिश

 बलात्कार मा पर्दा केटीहरुले मज्जा लुट्छन : न्यायाधिश

          ‘केही केटीहरु हुन्छन् जसले बलात्कारमा पर्दा पनि मज्जा लिन्छन् ।’ यो भनाई कुनै उरेन्ठेउला युवकहरुको भने होइन । एकजना जिम्मेवार न्यायमूर्ति अर्थात् न्यायाधीशको हो । बलात्कारमा परेका महिलालाई न्याय दिनुको साटो उल्टै बलात्कारमा पर्नु भनेको महिलाले यौनको मज्जा लिनु हो भनेर न्यायाधीशले भनिदिए भने के होला ? यस्तै भएको छ, इजरायलमा देशमा । इजरायलको तेल अविव स्थित जिल्ला अदालतका एक न्यायाधीश आफ्नो यस्तै अभिव्यक्तिका  दिएका कारण विवादमा तानिएका छन् ।
                            एक जना बलात्कार पीडितले आफुलाई आतंकवादबाट पीडितको रुपमा न्याय दिइयोस् भनि गरेको पुनरावेदनको सुनुवाइएका क्रममा एक न्यायाधीशले यस्तो भनेका हुन् । न्यायाधीश निसिम येसहायाले यस्तो भनेपछि त्यसले अदालत तथा पीडितमा सन्नाटा मात्र छाएन त्यसको प्रधानमन्त्री बेन्जामिन नेतन्नेहु तथा इजरायलको बार एसोसिएसन लगायतले घोर विरोध गरेका थिय  । 
              ती न्यायाधीशले एक जना इजरायली महिलाको मुद्दा हेरिरहेका थिए जो सन् २००७ मा १३ वर्षकी हुँदा प्यालेस्टाइनी पुरुषहरुद्धारा आक्रमण तथा बलात्कारको सिकार भएकी थिइन् । बलात्कारीहरुलाई पक्राउ गरी करणीको मुद्दा हालियो तर ती किशोरीले भने आफुलाई आतंकवादको पीडितको रुपमा मान्यता दिँदै बलात्कारीहरुलाई आतंकवादीको रुपमा मुद्दा चलाउन प्रतिरक्षा मन्त्रालयमा निवेदन पनि दिइन् । मन्त्रालयले उनको आग्रह अस्विकार गरेपछि उनले अदालतमै अपिल गरिन् र उनको पुनरावेदनमा गएको सोमबार मात्र  सुनुवाई भयो ।

                   बहसको क्रममा ती किशोरीका वकिलले घटनाको परिस्थिति जन्य अवस्थाको कारण उनलाई आतंकवाद पीडितको रुपमा हेरिनुपर्ने जिकिर गरेपछि र न्यायाधीशले चर्को स्वरमा भनेका थिए, यहाँ केही केटीहरु छन् जो बलात्कृत हुँदा पनि मज्जा मान्छन् । संयुक्त इजलासमा एक न्यायाधीशले त्यसो भनेपछि अरु न्यायाधीश पनि केहीबेर चुप भए र इजलाशमा सन्नाटा छाएको थियो  । ती न्यायाधीशले नियतवस त्यस्तो नभनी जिब्रो चिप्लिएर त्यसो भनेपछि उनी रातोपिरो भएका थिए । उनले आफ्नो वचनले पीडितलाई परेको पीडाप्रति क्षमता पनि मागे र अदालतले समेत विज्ञप्ती जारी गर्दै नियतवस त्यसो नभनिएको बतायो । ती न्यायाधीशले भने अवकाश पनि पाइसकेका छन् र उनलाई स्पष्टीकरण सोधिएको छ ।
-एजेन्सी 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!