वैज्ञानिक भन्छन चन्द्रमाको सतह चिरिँदै छ

वैज्ञानिक भन्छन चन्द्रमाको सतह चिरिँदै छ
                 
         चन्द्रमाको बाहिरी सतहमा केहि  हलचल देखिएको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान (संस्था – नासा) को (लुनार रिकन्निसेन्स अर्बिटर -एलआरओ) यानले चन्द्रमाको सतह तन्किएर केही सानो क्षेत्रमा उपत्यका सिर्जना भैरहेको संकेत पनि पठाएको छ । वैज्ञानिकहरूले यस प्रकारको भौगर्भिक क्रिया लगभग पाँच करोड वर्ष पहिले भएको अनुमान गरी सोही आधारमा चन्द्रमाको उमेर साढे चार अर्ब वर्ष भएको वैज्ञानिकले गणना गरेका छन् ।
                 यानले पठाएको तस्बिरहरुको आधारमा वैज्ञानिकहरूले चन्द्रमामा साँघुरो खाल्डो बन्न थालेको र त्यसको लम्बाइ भन्दा चौडाइ कम भएको बताएका छन् । चन्द्रमाको उक्त क्षेत्रको सतह चर्किन थालेको उल्लेख गर्दै वैज्ञानिकहरूले त्यसरी चर्किएर बनेको उक्त उपत्यकालाई ‘ग्राबेन’ नाम दिएका छन् । चन्द्रमामा कयौँ ग्राबेन फेला परेको  बताएका छन ।
-एजेन्सी 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!