रहस्य खुल्दै जियाको
रहस्य खुल्दै जियाको
जेठ २७,
बलिउड नायिका जिया खानले आत्महत्या गरेको तीनदिनपछि मात्र उनले लेखेको भनिएको सुसाइड नोट भेटिएको छ । जियाकी आमाले प्रहरीलाई त्यसको फोटोकपी उपलब्ध गराएकी छन् । आफ्नो छोरीले फिल्ममा काम नपाएर आत्महत्या गरेको नभई प्रेमी भनिएका सुरज पन्चोलीको तनाव सहन नसकेर आत्महत्या गरेको भन्दै उनले उक्त नोट सार्वजनिक गरेकी हुन् । जियाले सुरजलाई सम्बोधन गरेर लेखेको नोटले केही रहस्योद्घाटन समेत खुलेको छ ।
६ पेज लामो उक्त सुसाइड नोटमा जियाले आफू गर्भवती भएर गर्भ फालेको, सुरजले आफूलाई समय नदिएको, र वास्ता नगरेको जस्ता गुनासो गरेकी छन् । जियाले सुरजले बलात्कार समेत गरेर गर्भ बसाएको तथ्यसमेत खोलेकी छन् । 'तिमीले जीवनमा रमाईलो गर्ने र केटीहरुलाई मात्रै महत्व दियौं', उनले लेखेकी छन्,'अब म कहिले नव्यूँझने गरी सुत्न चाहन्छु ।'
जियाले पत्रभर आफूले सुरजको लागि धेरै थोक गरेपछि उनले आफूलाई वास्ता नगरेको जसको कारण आफ्नो जीवन बर्बाद भएको उल्लेख गरेकी छन् र नोटमा उनले आफ्नो जीवन अन्त्य गर्ने कायर निर्णयको कारक सुरजलाई उल्लेख गरेकी छन् ।
'अब मैले बाँच्नुपर्ने कुनै कारण छैन् । म माया चाहन्थेँ । मैले तिम्रो लागि धेरैथोक गरेँ र म हाम्रो लागि काम गरिरहेको थिएँ । मेरो भविष्य बर्वाद भयो । मेरा खुशीहरु लुछिए । तिमीले मेरो मायालाई कहिल्यै महत्व दिएनौं र मलाई लत्यायौं । अब म मा कुनै साहस र हिम्मत बाँकी नै छैन् । मेरा सबै सीप र आकांक्षाहरु तिमीले लग्यौ । तिमीले मेरो जीवन बर्बाद बनायौं', जस्ता सब्दहरु उनले लेखेकी छन् ।
-एजेन्सी
0 comments
Write Down Your Responses