महेस बस्नेतले भने माओबादीको सम्पति खोस्नु पर्छ
महेस बस्नेतले भने माओबादीको सम्पति खोस्नु पर्छ
जेठ २४,

एमाले भातृ संगठन युवा संघका अध्यक्ष महेश बस्नेतले माओवादीले भ्रष्टाचार गरी कमाएको अर्बौं रुपैयाँ राज्यले छानवीन नगरे जनताले खोस्नुपर्ने बताएका छन् । माओवादीले कमाएको अवैध पैसा खोस्ने काममा आवश्यक परे आफ्नो संगठनले जनतालाई सघाउने उनले बताए ।'देश र जनता लुटेर माओवादी नेताले अरवौं रुपैया कुम्लाएका छन्' एमाले दधिकोट गाउ कमिटीद्वारा शुक्रबार आयोजित भेलामा बस्नेतले भने-अवैध सम्पत्तिलाई राज्यले छानवीन नगरे जनताले खोस्नुपर्छ । युवा संघ त्यसमा साथ दिन तयार छ ।'
सम्पत्ति शुद्धिकरणमा अख्तियार र राज्यका अरु निकायले अनुसन्धान र छानवीन गरी दोषीलाई कारवाही गर्नुपर्ने उनले बताए । माओवादीले शिविरमा जनसेनाका नाममा छुट्याइएको रकममा करोडौं हिनामिना गरेका छानवीनका लागि युवा संघले दवाव दिइसकेको पनि उनले सुनाए । हालै मात्र माथिल्लो त्रिशुली ३ आयोजनाको क्षमता बढाउने नाममा भएको चलखेलमा समेत माओवादीका नेताहरु कमिशनमा मुछिएको उनको दावी थियो । उक्त आयोजनामा मात्र झण्डै २ अर्ब रुपैया कमिशन नेताहरुको गोजीमा पुगेको सूचना आफूहरुले पाएको भन्दै बस्नेतले 'त्यो सहेर जनता नबस्ने' बताए ।
अब हुने चुनावमा माओवादी पैसाको कुम्लो लिएर गाउ पस्न लागेकोले जनताले तिरस्कार गर्नुपर्ने सुझाव बस्नेतले दिए । 'चुनाव केन्दित गरेर माओवादी नेताहरु अहिलेपनि जथाभावी काम गरी सम्पत्ति थुपार्दैछन्', स्थानीय कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने-'खबरदार अब जनता खसिबोका जस्तो किनबेचमा पर्नुहुदैन । आफूलाई अवमूल्यन गर्नेहरुलाई जनतामिली लखेट्नुपर्छ ।'
माओवादीका अन्याय, अत्याचार, विकृतिविरुद्ध आफ्नो संगठन केन्द्रीत हुने समेत उनले बताए ।
नेपाल मजदूर किसान पार्टीतर्फ इंगित गर्दै अध्यक्ष बस्नेतले भक्तपुरमा 'अन्त कतै नभएको पार्टी रहेको जो गुठी जसरी सञ्चालित हुदै आएको र अलोकतान्त्रिक किसिमले जनतालाई दुख दिंदै आएको' भन्दै रोष समेत राखे । 'त्यो पार्टी (नेमकिपा)को ज्यादती पनि माओवादीको भन्दा कम छैन', उनले भने-'तर जनताको हित विपरित हिंड्ने सबै शक्ति बढारिने दिन आउंदैछ ।'
-ekantipur
0 comments
Write Down Your Responses