सुतेकै अवस्थामा कोरियामा नेपालीकोमृत्यु
सुतेकै अवस्थामा कोरियामा नेपालीकोमृत्यु
जेठ २४,
रोजगार अनुमति प्रणालीबाट दक्षिण कोरिया आएका एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । ललितपुर झोछी -२ का ३२ वर्षीय राजेश महर्जनको शुक्रवार बिहान मृत्यु भएको हो ।महर्जनले श्वासप्रश्वासमा कठिनाइ भए जस्तै गरी बिहान २.३० बजे आवाज निकालेको सँगै सुत्ने साथीलाई उद्रित गर्दै श्रम सहचारी अनिल गुरुङले जानकारी दिनुभयो । तत्काल उनलाई उठाउन खोज्दा नउठेपछि कम्पनी मालिकको सहयोगमा हस्पिटल लगिएको गुरुङ्गले बताउनुभयो । बिहीबार बिदा भएका कारण महर्जनले केही मादक पदार्थ सेवन गरेको सँगै काम गर्ने साथीको भनाई थियो ।
उनी उल्सान स्थित कोरिया स्पेसल ग्याईन्डिङ् ह्वील कम्पनीमा कार्यरत थिए ।महर्जन चारबर्ष अघि कोरिया आएका थिए । बिबाहित मर्हजनका श्रीमती, एक छोरी र बाबु आमा रहेका छन् । हाल उनको शव नजिकैको हस्पिटलमा हखिएको र घटनाबारे परिवारलाई जानकारी गराई सकिएको श्रमसहचारी अनिल गुरुङ्गले बताउनु भयो । यही प्रकृतिको बिमारका कारण गत साता भोजपुर चाम्पे ८ का ३१ बर्षिया लोकेन्द्र (स्माली) मगरको निधन भएको थियो ।
0 comments
Write Down Your Responses