कती प्रहार गर्छौ अझै लासमा म बाचेँको छु

शरीरबाट उडेको त्यो सासमा म बचेँको छु।।
लिनु जती सबै लियौ नमेटिने चोट दियौ
खोला फर्कियला भन्ने आसमा म बाचेँको छु।।
बाहिर त बचेँकै छु भित्र कती मरिसके
बाची बाची भनौ भन्दा खासमा म बाचेको छु।।
आँखा बाट पाखा लगायौ दिन चोरी खै के पायौ
सपनीमा तिम्रै बाहुपासमा म बाचेको।।
मेरो जीवन तिमि भित्रि बन्दि भई सकेको छ
उसले भन्छ तिम्रो पर्दाफास म बाचेको छु ।।
0 comments
Write Down Your Responses