किन एक्लै ज्ञानेन्द्र सिमरामा गए
किन एक्लै ज्ञानेन्द्र सिमरामा गए
जेठ २४,

माघ २६ गते पूर्व राजदम्पत्ति यहाँ आएकोमा यसपटक उनी एक्लै आइपुगेका हुन् । उनलाई विमानस्थलमा 'राजा आउ देश बचाउ' लगायतका नारा लगाउँदै स्वागत गरिएको थियो ।सिमरास्थित नातेदार प्रभु शम्शेरको प्रभु निवासलाई केन्द्र बनाई यही २७ गतेबाट सप्तरी जिल्लाबाट भ्रमण सुरु गर्ने पूर्व संवाद सचिव डा. फणि पाठकले जनाए ।यसअघि १७ दिने सिमरा बसाईमा पूर्व राज दम्पत्तिले बाराका मठ मन्दिरमा पुजाआजा, भेटघाट गरेका थिए । छोरा पारस थाइल्यान्डमा बिरामी परेपछि भ्रमण छोट्याएर पूर्वराजदम्पत्ति फर्किएको थियो ।
यहाँ पूर्व रानी कोमलको फागुन ७ गते ६३ औं जन्मोत्सव मनाइएको थियो । स्थानीयको माग अनुसार यो भ्रमण गरिएको पाठकले बताए । पूर्व राजा दुई हप्ता यहाँ बस्ने कार्यक्रम रहेको छ ।
0 comments
Write Down Your Responses