रुसी राष्ट्रपतिले किन आफ्नी श्रीमती संग डिभोर्सको घोषणा गरे
रुसी राष्ट्रपतिले किन आफ्नी श्रीमती संग डिभोर्सको घोषणा गरे
जेठ २४,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनकी श्रीमती ल्यूडमिलाले टेलिभिजनमार्फत अलगिएको घोषणा गरेका छन् । ६० वर्षीय पुटिन र ५५ वर्षीया ल्यूडमिलाले २९ वर्ष लामो वैवाहिक जीवन अन्त्यको घोषणा गरेका हुन् । रसिया–२४ टेलिभिजनको एक कार्यक्रममा सम्बन्ध विच्छेदबारे सोधिएको प्रश्नमा राष्ट्रपति पुटिनले भने–‘त्यो सही हो ।’
ल्यूडमिलाले सम्वन्ध विच्छेद दुबैको निर्णय भएको बताएकी छिन् । दुबैले एक अर्काको बास्तविकता बुझेर छुट्टिने निर्णयमा पुगेको उनले बताइन् । पुटिन र ल्यूडमिला २०१२ मे ७ मा पुटिनले आफ्नो तेस्रो कार्यकालको सपथ लिने क्रममा सार्वजनिक रुपमा एकसाथ देखिएका थिए ।
सम्वन्ध विच्छेद घोषणा भइरहँदा पुटिन मौन थिए भने ल्यूडमिला खुसी मुद्रामा थिइन् । ल्यूडमिलाले आफुलाई प्रचार मन नपर्ने र जहाज उडन पनि त्यति मन नलाग्ने बताएकी छिन् । लामो समयदेखि रुसी राष्ट्रपतिको सम्बन्ध बिच्छेदको हल्ला चलिरहेका बेला हालै दुवै जनाले त्यसलाई स्वीकार्दै सेफ ल्याण्डको कोसिस गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । पुटिन दम्पत्तिका दुई छोरी छन् ।
0 comments
Write Down Your Responses