धर्म बहिनीको हत्यारा पक्राउ

धर्म बहिनीको हत्यारा पक्राउ
जेठ १९,
             लकंद्रा दैलेख ६ का उदयबहादुर शाही ले आफ्नै धर्म बहिनि को आज हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय ले पत्रकार सम्मेलन गर्दै शाहीले बासुदेव ६ बस्ने ३३ बर्सिया पनाषा सिंह को घाटी थिचेर हत्या गरेको जनाएको छ। जिल्ला प्रहरीका डिएसपी प्रेमबहादुर बस्नेतका अनुसार मृतक पानसलाई जेठ २ गते राति साढे १२ बजेतिर आफ्नै घरभित्र घाटि थिचि मारेर कोठाको भित्तामा रहेको काठको खुटकिलोमा धोतिले झुन्ड्याएको खुलेको बताए ।
            हत्या पछि फरार रहेका ३०  बर्सिय उदयलाई घटनाको १६  दिन पछि प्रहरीले कोहलपुर बाट पक्राउ गरेको हो। उनले भारतबाट कपडा लगायत बिभिन्न सरसमान ल्याएर बिभिन्न बजार क्षेत्रमा बिक्री गर्ने घुमन्ते ब्यापारीको परिचय बनाएका उनले आर्थिक लेनदेनका बिषयमा बिबाद भएपछि आबेगमा आएर हत्या गरेको बयान दिएको डिएसपी बस्नेतले बताए छन् ।
                धर्म दाजुको विस्वासमा परि मृतकले उनलाई झन्डै ८ लाख रुपैया सापट दिएको र पति फर्किने समय भएकोले उनको त्यस अघिनै दिएको रकम फिर्ता गर्ने दबाब दिएपछि शाहीले उनको हत्या गरेको अनुमान प्रहरीले गरेको छ। उनि यस अघिनै पनि बिभिन्न चोरी ठगि अपराधमा मा संलग्न भएको प्रहरीको भनाइ छ।
-kantipur 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!