नेपालनै अशान्त बनाइदिने नेकपा - माओवादी

नेपालनै  अशान्त बनाइदिने नेकपा - माओवादी
जेठ २८,
         नेकपा–माओवादीले आफ्नो माग सम्बोधन नगरी चुनाव गरिएमा गम्भीर  परिणाम भोग्नु पर्ने चेतावनी दिएको छ । राष्ट्रपति, चार दल र सरकारले आफ्ना माग उपेक्षा गरेमा नेकपा माओवादीले मुलुक नै अशान्त बनाइदिने समेत चेतावनी दिएको छ  ।आज काठमाडौंमा भएको कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले आफूसहितका विभिन्न दलले राखेका मागप्रति गम्भीर  हुन सरकार,राष्ट्रपति र  चार दललाइ आग्रह गर्नुभएको छ  ।
           यसैबीच नेकपा माओवादीको पोलिटब्यूरो बैठकले सरकारलाई चुनाव सम्बन्धी अध्यादेशको टुंगो लगाउने गरी चुनावको काम अघि बढाउने सहमति भएकोमा आपत्ति समेत जनाएको छ र  यसबाट वार्ताको बाटो बन्द हुने र त्यसले अर्को द्वन्द्व निम्त्याउने नेकपा माओबादीले चेतावनी दिएको छ ।
             बैठकपछि नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलले एक विज्ञप्ति निकालेर सर्वपक्षीय सहमतिबाट अघि बढ्न र वार्ताको पहल गर्न आग्रह गर्न सरकार र चार दल लाई आग्रह गर्नु भएको छ
। 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!