४१ दशमलव ५७ प्रतिशत उत्तिर्ण एस एल सी को नतिजा सार्बजनिक
४१ दशमलव ५७ प्रतिशत उत्तिर्ण एस एल सी को नतिजा सार्बजनिक
जेठ २८,

त्यस्तै एम्जाम्पटेडतर्फ पनि ७ दशमलव ७६ प्रतिशत उत्तीर्ण भएका छन् । यो दश वर्ष यताकै सबैभन्दा कमजोर नतिजा हो ।०५९ सालमा ३२ दशमलव ५ प्रतिशत उत्तीर्ण भएका थिए भने गत वर्ष ४७ दशमलव १ प्रतिशत पास भएका थिए । ०६९ सालमा नियमित तर्फ ४ लाख ३० हजार ९७ जनाले परीक्षा दिएकोमा १ लाख ६७ हजार ९ सय ३५ जना पास भएका छन् ।जसमा विशिष्ट श्रेणीमा १० हजार, २ सय ६३ छात्र र ६ हजार ६ सय ६ सय ६१ छात्रा गरी १६ हजार ९ सय २४, प्रथम श्रेणीमा ४४ हजार ६ सय २३ छात्र र ३१ हजार ५ सय ४२ छात्रा गरी ७६ हजार १ सय ६५ र द्वितीय श्रेणीमा ३८ हजार ७ सय ३२ छात्र र ३१ हजार ९८ छात्रा सहित ६९ हजार ८ सय ३० जना उत्तिर्ण भएको छन् ।
यस्तै तृतीय श्रेणीमा २ हजार ८ सय ३६ छात्र र २ हजार १ सय ८० छात्रासहित ५ हजार १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै गरि एक्जाम्प्टेडतर्फ १ सय १६ प्रथम, ५ हजार ८ सय ४८ तिीय र २ हजार ३ सय ५३ जना तृतीय श्रेणीमा पास भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको पुरक परीक्षा साउन २० गतेदेखि २७ गतेसम्म संचालन गर्ने जानकारी दिएको छ । दुई विषयमा फेल भएकाले पुरक परीक्षा दिन पाउनेछन ।
0 comments
Write Down Your Responses