विद्युत प्राधिकरणका कर्मचारीले मन्त्री निवासमा विद्युत लाइन काटे
विद्युत प्राधिकरणका कर्मचारीले मन्त्री निवासमा विद्युत लाइन काटे
जेठ २६,

मन्त्री निवासमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र प्राधिकरणको कार्यालयमा बिहान साढे १० बजेदेखि साढे २ बजेसम्म विद्युत अवरुद्ध परेका छन् नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन केन्द्रीय समितिका अध्यक्ष रामप्रसाद रिमालले बताउनुभयो ।
यस्तै आइतबारदेखि दिनमा ४ घण्टा विद्युत्त प्राधिकरणको काउन्टर र आकस्मिक सेवा बाहेकका सबै कामकाज ठप्प पार्ने कर्मचारीहरुले बताएका छन् । परियोजनाको क्षमता बढाउने सरकारी निणर्य विरुद्ध चरणबद्ध आन्दोलनमा थालेका उनीहरुले सञ्चालक समितिका सदस्यहरु र कार्यकारी निर्देशकलाई कार्यालय प्रवेशमा समेत रोक लगाएका छन् ।
आन्दोलनरत कर्मचारीले प्राधिकरणका कुनै गाडी पनि चल्न दिएका छैनन
राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी युनियन, कर्मचारी संघ र कर्मचारी कल्याण परिषदले उर्जामन्त्री र सरकार भ्रष्टाचारीको चंगुलमा परेर अरबौ रुपैयाँ डुबाउने खेलमा लागेको भन्दै कर्मचारीहरुले गएको आइतबारदेखि आन्दोलन थालेका हुन् ।
0 comments
Write Down Your Responses