गर्भवती महिलाले ब्यायाम गर्दा धेरै फाइदा

गर्भवती महिलाले ब्यायाम गर्दा धेरै फाइदा
            
         
               गर्भवती महिलाहरू गर्भावस्थामा आराम गर्न रुचाउँछन् । तर त्यसो गर्दा नोक्सानी हुने खोजकर्ताहरूको निष्कर्ष छ । आराम गर्नेहरूमा प्रोटिनको मात्रा कम हुने र उच्च रक्तचापको समेत खतरा हुने जनाइएको छ ।

                गर्भधारणहुनु भन्दा अघि र गर्भावस्थाको समयमा प्रोटिनको स्तर तलमाथि रहने गर्नाले आमा र शिशुको स्वास्थ्यमा धेरै जोखिमको सम्भावना रहन्छ ।

                 तर नियमित रूपमा व्यायाम गरे त्यस्तो खतराबाट दूरी बढ्छ । दुवैको स्वास्थ्य राम्रो हुदै जान्छ  । आफ्नो र बच्चाको स्वास्थ्य फिट रहनका लागि शरीरमा प्रोटिनको स्तर नियन्त्रित भइरहनु जरुरी हुन्छ र यो काम व्यायामले गर्छ । व्यायाम गरेपछि रक्तचाप नियन्त्रित हुन्छ ।ओरेगान विश्वविद्यालयद्वारा गरिएको अनुसन्धानअनुसार वर्षेनी १० प्रतिशत गर्भ उच्च रक्तचापले गर्दा प्रभावित हुने गरेका छन् । नियमित व्यायामले यो समस्याबाट जोगिन सकिन्छ अनुसन्धानको निष्कर्ष छ ।
-एजेन्सी 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!