अमेरिकामै ग्यालेक्सीले पछि पार्यो छाड्यो आइफोनलाई

अमेरिकामै ग्यालेक्सीले पछि पार्यो छाड्यो आइफोनलाई

          अमेरिकी कम्पनी एप्पलको पछिल्लो उत्पादन आइफोन फाइभ अमेरिकी बजारमै सामसुङको ग्यालेक्सी एस फोर भन्दा पछि परेको छ । क्यानएकर्ड जेन्युनिटी संस्थाका विश्लेषक मिचेल वाल्कलेले गरेको अध्ययनले अमेरिकी बजारमा आइफोन फाइभ भन्दा ग्यालेक्सी एस फोरको बिक्रि उच्च रहेको देखाएको छ । तथ्यांक अनुसार अमेरिकाका मुख्य चार टेलिकम अपरेटरहरु मध्ये तिनवटामा ग्यालेक्सी एस फोर स्मार्टफोन उच्चतम बिक्रीको तहमा रहेको छ ।

             सामसुङको ग्यालेक्सी एस फोर अप्रिल २६ मा मात्रै अमेरिकी बजारमा लञ्च भएको हो । यो मे महिनामा अहिलेसम्म भेरिजोन, स्पि्रन्ट र टी मोबाइल कम्पनीमा ग्यालेक्सी एस फोरको बिक्रि सबैभन्दा बढि छ भने एटी एण्ड टी कम्पनीमा मात्र आइफोन फाइभको बिक्रि पहिलो स्थानमा रहेको छ । जबकी अपि्रल महिनामा चारवटै कम्पनीमा आइफोनको बिक्रि पहिलो स्थानमा थियो । यसै गरि सामसुङ र एप्पल पछि एचटिसी तेश्रो स्थानमा छ भने नोकिया लुमिना ९२८ चौथो स्थानमा छ ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!