इजिप्टमा १५ अमेरिकी नगरिकलाई ५ वर्षको जेल सजाय
इजिप्टमा १५ अमेरिकी नगरिकलाई ५ वर्षको जेल सजाय
जेठ २१,
अमेरिकी गैरसरकारी संस्थामार्फत अवैध रुपमा काम गरेको र आन्तरिक मामिलामा हस्तक्षेप गरेको ठहर गर्दै अदालतले उनीहरुलाई सजाय सुनाएको हो । मुद्दाभएकोमा उनिहरु अदालतमा हाजिर हुन नगएपछि उनीहरुलाई ५ वर्ष र अदालतमा उपस्थित हुने एक जनालाई २ वर्षको जेल सजाय सुनाइएको छ र न्यायाधीश मक्रम अवादले १० वटा एनजिओ बन्द गर्न निर्देशन दिएको बीबीसीले बताएको छ ।
जसमा अमेरिकाको इन्टरनेशनल रिपब्लिकन इन्टिच्युट र नेशनल डेमोक्रेटिक इन्सटिच्युट समेत उक्त निर्देसनमा परेका छन छन् । ती संस्थाहरुमाथि अवैध रुपमा संचालन भएको साथै आन्तरिक मामलामा हस्तक्षेप गरेको आरोप समेत लगाएको छ । इजिप्ट सरकारले सन् २०११ को डिसेम्बरमा ती विदेशी संस्थामा छापा समेत मारेको थियो ।
एजेन्सीको सहयोगमा
0 comments
Write Down Your Responses