प्रेमको जहरमा कहानी बेग्लै छ

मेरो यो सहरमा कहानी बेग्लै छ।
अनायासै जिन्दगि भुमरीमा पर्दा
मनको लहरमा कहानी बे ग्लै छ।।
कसैको मायाको खडेरी भएकोले
सुख्खा नहरमा कहानी बेग्लै छ।।।
भित्र भित्र मुटु जलन भएपनि
उनको नजरमा कहानी बेग्लै छ।।।।
शब्द कुन्जमा हराउन थालेपछि
गजलको वहरमा कहानी बेग्लै छ।।।।।
-रोहित अनुरागी
0 comments
Write Down Your Responses