अब एण्ड्रोइड्बाटै ट्विटरमा भिडियो अपलोड गर्ने सुबिधा

अब एण्ड्रोइड्बाटै ट्विटरमा  भिडियो अपलोड गर्ने सुबिधा
जेठ २२,
             अब ट्विटरले भिडियो अपलोड गर्ने लोकप्रिय मोबाइल एप्लिकेशन भाइनको एन्ड्रोइड भर्सन सुरु गर्ने भएको छ।  एप्पपल आइओएस अपरेटिङ सिस्टममा भाइनका १३ मिलियन प्रयोगकर्ता पुग्दै गर्दासामाजिक संजाल ट्विटरले विश्वको नम्बर एक गुगल अपरेटिङ सिस्टम एन्ड्रोइड भर्सनका लागि भिडियो अपलोड एप ल्याएको हो।
भाइनको एन्ड्रोइड एपबाट प्रयोगकर्ताले सहजै ६ सेकेण्डको भिडियो अपलोड गर्न सक्छन्। यसरी अपलोड भएको भिडियो एम्बेड गर्न र सामाजिक सञ्जाल साइटहरुमा सेयर गर्न पनि सकिनेछ। यो एपबाट लोकप्रिय पोष्ट थाहा पाउन र ट्रेण्डिङ के छ सजिलै  बुझ्न, साथी खोज्न र नयाँ साथीलाई निम्ता पनि गर्न पनि सकिनेछन्।

       डोम होफम्यान र रुस युसुपोभले सन् २०१२ मा स्थापना गरेको भाइनलाई गत अक्टोबरमा मात्र ट्विटर किनेको थियो। ट्विटरले एप्पलको आइओएस अपरिटिङ सिस्टम भएका आइफोन र आइप्याड प्रयोगकर्ताहरुका लागि यो एप सुरु गरेको केही महिनामै यो सबैभन्दा बढी भिडियो सेयरिङ गर्ने  एप्लिकेशन बनेको थियो।
-एजेन्सी 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!