सामूहिक बालात्कार अभियोगमा भारतमा तीन नेपाली पक्राउ

सामूहिक बालात्कार अभियोगमा भारतमा तीन नेपाली पक्राउ

जेठ २४,
                                 एक अमेरिकी पर्यटकलाई सामूहिक बलात्कार गरेको अभियोगमा भारतमा तीन नेपाली पक्राउ परेका छन् ।हिमाञ्चल प्रदेशमा गत मंगलबार एक अमेरिकी पर्यटकमाथिको सामूहिक बलात्कार गरेको अभियोगमा तीनै जना नेपाली ट्रक ड्राइभर हुन् । नेपाली नागरिक भएपनि उनीहरु लामो समयदेखि हिमाञ्चल प्रदेशमा बस्दै आएको प्रहरीले जनाएको छ ।

           भारतीय समाचार संस्था आईएएनएसका अनुसार पक्रउ पर्नेहरु अर्जुन, लक्की र सोमबहादुर नाम गरेका नेपाली नागरिकहरु हुन् । स्थानीय प्रहरी अधिकारीको हवाला दिंदै समाचारमा जनाइएअनुसार उनीहरुलाई बिहीवार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो ।

                                     
एक रिसोर्टमा जान लागेकी ३० बषिर्य ती अमेरिकी पर्यटकले रातको समयमा ट्याक्सी नपाएपछि ट्रकमा लिफ्ट लिएकी थिइन् । ती ट्रक चालकले उनलाई अन्यत्रै लगेर सामूहिक बलात्कार सँगै लुटपाटसमेत गरेको ती पर्यटकले प्रहरीसमक्ष उजुरी गरेकी छिन् ।स्वास्थ्य परिक्षणबाट पर्यटकमाथि यौन हिंसा भएको पुष्टी भएको र थप परिक्षणका लागि नमूना फरेन्सिक ल्याबमा पठाइएको प्रहरीले जनाएको छ ।घटनामा संलग्न सवारीसाधन बुधबार नै पक्राउ गरिएको थियो भने अभियुक्तहरुलाई बिहीवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एजेन्सी 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!