भारतको हिमाचलमा अमेरिकी पर्यटकको सामूहिक बलात्कार

भारतको हिमाचलमा अमेरिकी पर्यटकको सामूहिक बलात्कार
२१ जेठ,
                    भारतको हिमाचल प्रदेशमा ३० वर्षीया अमेरिकी पर्यटक माथि  सामूहिक बलात्कृत भएको छ  । प्रहरीले घटनाको पुष्टी गरि  सकेको छ । घटना मनालीमा भएको हो र लिफ्ट दिने बहानमा ट्रक चढाएर युवाहरुको समूहले अमेरिकी पर्यटकको सामूहिक बलात्कार गरेका हुन् । अहिलेसम्म घटनामा संलग्न कोही पनि पक्राउमा पर्न सकेको छैन । प्रहरीका अनुसार पीडित अमेरिकी महिला ३ जून मा साथीहरु ससँगै दिल्लीबाट मनाली पुगेकी थिइन् र उनले पुरानो इलाकामा एक होटलमा कोठा लिएकी थिइन् । साँझ वशिष्ठ गएकी उनी र्फकन ढिला भएपछि उनी मध्यरातमा पुरानो मनाली र्फकन खोजिन् ।

             यसरि त्यही समयमा संदिग्ध व्यक्तिहरुले देखेपछि उनलाई लिफ्ट  दिएर मनालीको सट्टा रोहतांगत तर्फ लागेका थिए  र करिव २० किलोमिटर पर लगेर उनलाई सामूहिक बलात्कार गरेको बताइएको छ । उनीहरुले ती अमेरिकी पर्यटकलाई विहान ४ बजे मनाली बस स्टपमा ल्याउर छाडेका थिए । बलात्कारी ३ जना भएको बताइएको छ ।
-एजेन्सी 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!