शिल्पा सेट्टी का पतिले भने -मेरो बिजनेस नेपालबाट

जेठ २४,
जेठ २४,
![]() |
राज कुन्द्रा (बायाँ) र नेपाली निर्देशक केसाङ छेतेन । |
बलिउड टाइकून तथा अभिनेत्री शिल्पा शेठ्ठीका पति राज कुन्द्राले शुक्रबार नेपालसँग गाँसिएको आफ्नो जीवनको रहस्य खोलेका छन् ।क्रिकेटको भारतीय प्रिमियर लिग (आइपीएल) मामलामा मुम्बइ प्रहरीसँगको बयानमा कुन्द्राले नेपालबाट आफूले बिजनेस थालेको रहस्य पहिलोपटक सार्वजनिक गरे ।कुन्द्राको बयानबारे एजेन्सीहरूले लेखेका छन्, ‘खलाँसीको छोराबाट म कसरी धनाढ्य बनेँ भनेर मैले भन्नैपर्छ । ९० को दशकअघि नेपालबाट मैले पस्मिना सलको खुद्रा व्यापार गरेर दुबईमा व्यापार गर्थेँ । नेपाल मेरा लागि जीवनको ढोका थियो ।’
राजस्थान रोयल्स क्लवका मालिक कुन्द्राले नेपालबारे यसो भनिरहँदा पत्नी तथा बलिउड हिरोइन शिल्पाले उनका कुरा सुनिरहेकी थिइन् । म्याच फिक्सिङ प्रकरणमा मुछिएको भन्दै मुम्बइ पुलिसले कुन्द्रा दम्पत्तिलाई हिरासतमा लिएको छ ।
छेतेन केरला फेस्टिभलका निर्णायक
नेपाली फिल्ममेकर तथा लेखक केसाङ छेतेन भारतको केरलामा सुरु भएको अन्तराष्ट्रिय डकुमेन्ट्री तथा छोटो फिल्म फेस्टिभलको निर्णायक बनेका छन् । स्थानिय चलचित्र एकेडेमीले आयोजना गरेको फेस्टिभलमा विभिन्न देशका ६६ फिल्मले ६ विधामा प्रतिस्पर्धा गर्नेछन् ।फेस्टिभल शुक्रबारदेखि सुरु भएको छ । एसियाबाट पहिलोपटक तीनपटक ग्रीन ओस्कर जितेका माइक पान्डेले फेस्टिभल उद्घाटन गरे । फेस्टिभलमा उनी निर्देशित फिल्महरू ‘लास्ट माइग्रेसन’, ‘ब्रोकन विंग्स’ र ‘वासिङ भल्चर्स’ प्रदर्शन गरिने भएको छ ।
फेस्टिभलमा छेतेनसहित इटालीबाट फिल्म समिक्षक तथा पत्रकार गियानो नाजारो, बलिउड पटकथा लेखक अन्जम राजाबाली, तामिल फिल्म निर्देशक भेट्री मरन, प्रोडक्सन डिजाइनर प्रकाश मूर्ति र मलायन फिल्ममेकर एमआर राजन जुरी छन् ।फेस्टिभलमा फिल्मको दृश्यभाषाबारे विश्वका चर्चित फिल्ममेकरसँग अन्तक्रिया गरिने जनाइएको छ । लोकप्रिय फिल्म समिक्षक नोएल वर्च फेस्टिभलका प्रमुख आकर्षण बन्नेछन् । नेपालबाट सहभागि छेतेन निर्देशित डकुमेन्ट्री ‘को बन्छ लाहुरे’ले स्वदेशमा किम्फ अवार्ड जितेको थियो ।

कतिपय नेपाली सेलिव्रेटीले करियरको ढोका मुम्बइमा खोलेको बताइरहँदा बलिउड टाइकुन कुन्द्राले भने नेपाल आफ्नो जीवनको ढोका भएको बताएका हुन् । अमिताभ बच्चन, देव आनन्दले नेपाल नेक्ससबारे बताइसकेका छन् ।
-मेरो सिनेमा
0 comments
Write Down Your Responses