सधै पेनकिलर खाने मानिसलाई मुटुको समस्या बढी हुन्छ
सधै पेनकिलर खाने मानिसलाई मुटुको समस्या बढी हुन्छ
लन्डन – दुखाई कम गर्न लामो समय पेनकिलरको खानेहरुमा मुटुको समस्या बढी देखिएको छ। हालै युके मेडिकल रिसर्च काउन्सिल र ब्रिटिस हर्ट फाउन्डेसनले गरेको अध्ययनले यस्तो परिणाम देखाएको हो। दुखाई कम गर्न प्रयोग हुने ब्रुफिन र डिक्लोपेन्सको धेरै प्रयोगले हर्ट अट्याकको सम्भावना बढी देखाएको हो। यस अध्ययनले धुमपानका अम्मली र शरीरको तौल धेरै भएकाहरुमा यसको प्रयोग अझ बढी खराव रहेको देखाएको छ।
अध्ययनले देखाएको तथ्यांकअनुसार यसरी पेनकिलरको निरन्तर प्रयोग गर्नेहरु १००० मा ३ जना अतिरिक्त मुटुका रोगी फेला परे, ४ मा पेटका समस्याहरु देखिए।यस अध्ययनले हजारमा ८ जनामा मुटुको समस्या प्रष्ट देखिएको बताएको छ।
एजेन्सी
0 comments
Write Down Your Responses