इंग्ल्याण्ड लाई प्रतिस्प्रधी मान्दैनन नेयमार

इंग्ल्याण्ड लाई प्रतिस्प्रधी मान्दैनन नेयमार 
जेठ १८,
              सुपरस्टार ब्राजिलियन नेयामर आगामी सिजनबाट स्पेनिस फुटबल क्लब बार्सिलोना बाट ब्यबसायिक फुटबल खेल्दैछन। उनको पहिलो प्राथमिकता भने २०१४ मा हुने घरेलु मैदानमा हुन् गैरहेको बिस्वकप उपाधि जित्नु रहेको छ। उनीले जर्मनी र स्पेनलाई मुख्य प्रतिस्प्रधी मान्दछन।
                 आइतबारको इंग्ल्याण्ड संगको मैत्री पूर्ण फुटबलको पुर्ब सन्ध्यामा सम्बा सुपरस्टार नेयामार्ले उपाधिको लागि इंग्ल्याण्ड दाबेदार नभएको जनाएका छन्। उनीहरुले क्लबमा ठूलो उपलब्धी हासिल गरेका छन्’ उनले भनेका छन्-’तर, विश्वकपमा राष्ट्रिय टिमको रुपमा उनीहरु बास्तबमै खतरा हुन भन्ने लाग्दैन ।’ घरेलु समर्थकको अगाडी विश्वकप जित्ने इच्छा रहेको भन्दै उनले भनेका छन्-’हामी घरेलु समर्थकको अगाडी विश्वकप जित्न चाहन्छौं र दुई देश जर्मन र स्पेन विश्वकपका चुनौती हुन भन्ने लाग्छ ।’
                    समूह चरणमा अर्जेन्टिना ,हल्याण्ड इटाली सहितको केहि देशले चुनौती दिनसक्ने बताएका छन्।यद्यपी उनले आइतबारको मैत्रिपूर्ण फुटबल महत्वपूर्ण भएको बताएका छन् । उनले भनेका छन-’यो हाम्रो लागि ठूलो खेल हो । किनभने हामी जितका साथ रंगशालाको उद्घाटन गर्न चाहन्छौं ।’स्पेनिस क्लबमा जानुको कारण इंगलिस र स्पेनिस क्लबका प्रस्ताब लत्याउदै आफूलाई हरेक सिजन प्रशिक्षक परिर्वतन गरिरहने क्लब मन नपर्ने बताए । जितमात्र नभई स्थिरता पनि हुनु पर्ने उनको भनाई थियो ।
-एजेन्सी 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!