बिकिनी बिनाको मिस वर्ल्ड
बिकिनी बिनाको मिस वर्ल्ड
जेठ २५,
सन् २०१३ को मिस वर्ल्ड फाइनल राउन्डका प्रतिस्पर्धी बिकिनीबिना नै प्रस्तुत हुने भएका छन् । प्रत्येक वर्ष सेप्टेम्बरमा हुने मिस वर्ल्ड यसपटक मुस्लिम राष्ट्र इन्डोनेसियामा हुँदैछ । मुस्लिम राष्ट्रका लागि बिकिनी राउन्ड संस्कृतिविरोधी हुने सोचेर यस्तो निर्णयमा पुगिएको आयोजकले जनाएको छ ।समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै मिस वर्ल्ड अध्यक्ष जुलिया मोरलीले कार्यक्रममा कुनै पनि प्रतिस्पर्धीले बिकिनी नलागउने जानकारी दिइन् ।'हामी कसैले बेइज्यती महसुस भएको परिस्थिति हेर्न चाहदैनौं,' जुलियाले बाध्यता खुलाइन्, 'हामी हरेक देशको संवेदनशीलताको सम्मान गर्छौं, जो यस प्रतियोगितामा भाग लिन्छन् ।'
प्रतियोगितामा विश्वका १ सय ३७ राष्ट्रले भाग लिन्छन् । मिस वर्लडको बीच सेक्सनमा बिकिनी पारम्पारिक पहिरन मानिन्छ ।
आयोजकको पछिल्लो निर्णयले इस्लामी कट्टरपन्थी संगठनले गरेको विरोध मत्थर हुने अपेक्षा गरिएको छ । हिजबुतर-तहरीर संगठनले महिलाको शरीर बेच्ने यसखारे प्रतियोगिताको कडा विरोध गरेको थियो ।सन् २००२ मा नाइजेरियामा हुने तय भएको मिस वर्ल्डमा केही मुस्लिम संगठनले विरोध गरेपछि लन्डनमा सारिएको थियो । त्यसबेलाको विरोधमा एक सय जनाको ज्यान गएको थियो भने पाँच सय घाइते भएका थिए ।
सन् २०१३ को मिस वर्ल्डमा इशानी श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
0 comments
Write Down Your Responses