मिनिस्कर्ट नलगाउन सरकार द्वारा निर्देशन

मिनिस्कर्ट नलगाउन सरकार द्वारा निर्देशन
जेष्ठ २३,
             चिनियाँ प्रहरीले महिलालाई यौन हिंसाबाट जोगाउन सार्वजनिक यातायातमा गर्मीको बेला मिनिस्कर्टजस्ता भड्किलो पोसाक नलगाउन आग्रह गरेका छन् । राजधानी बेइजिङको लोक सुरक्षा ब्युरो सम्बद्ध यातायात विभागले महिलाका लागि यो दिशानिर्देश जारी गरेको हो । पर्स वा पत्रिकाले अन्तरवस्त्र छोपेर बस्न र अग्लो सिटमा सकेसम्म नबस्न प्रहरीले भनेको छ ।
            पूर्वसतर्कता अपनाएमा अरूले तस्बिर खिच्ने सम्भावना कमै हुने प्रहरीको सुझाव छ । सार्वजनिक यातायातमा सवारी गर्दा चिनियाँ महिलाले थुप्रैखाले उत्पीडनको सामना गर्नुपर्छ । त्यहाँका अधिकांश बसमा क्यामेडा जडान गरिएको हुन्न । यस्तोमा यौन उत्पीडनसम्बन्धी उजुरीको छानविन गर्न प्रहरीलाई धौ धौ पर्ने गर्छ ।
              यस्तो घटनामा आरोपित पुरुषलाई बढीमा १५ दिनसम्म थुनामा राख्न सकिन्छ । चीनमा कम्युनिस्ट शासनको स्थापना हुनेबित्तिकै माओत्से तुङले आधा आकाश महिलाले भरिएको बताएका थिए । यति हुँदाहुँदै पनि चीनमा महिलाप्रतिको पुरानो सामाजिक परम्परा कायमै छ । सरकारी सेवा र निजी कम्पनीमा कार्यरत महिला र पुरुषको अनुपातमा ठूलो अन्तर छ । 
-एजेन्सी 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!