विश्वका बढी उमेरका किमोरोको निधन
विश्वका बढी उमेरका किमोरोको निधन
जेठ २९,

उहाँको जन्म सन् १८९७ मा सोही सहरमा भएको थियो । उहाँलाई आफ्नो यो उमेरसम्म पनि खासै त्यस्तो कुनै घातक रोग लागेको थिएन तर मे महिनाको सुरुमै उहाँलाई सो अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको बताइएको थियो ।
गतहप्ता मात्र सो अस्पतालका चिकित्सकले उहाँको अवस्था नाजुक बन्दै गएको बताएका थिए । अस्पतालका चिकित्सकले उहाँलाई त्यस्तो खतरनाक रोग नलागेको र सामान्य रुपमा निमोनियाले ग्रस्त बनाएको बताएका थिए । यसअघि संयुक्त राज्य अमेरिकाकी एक महिला विश्वकी सबैभन्दा बृद्ध व्यक्तिका रुपमा रहेकी थिएन् । ११५ वषर्ीया उनको सन् २०१२ मा निधन भएपछि किुमरालाई गिजिन बुकले बढी उमेरका व्यक्तिको मान्यता दिएको थियो ।
उहाँका सात जना छोराछोरी, १४ जना नाती नातिना, २५ जना पनाती पनातिना र १५ जना खनाती खनातिनाको सन्तान रहेको थियो । उहाँले ४० वर्षसम्म जापानको हुलाक सेवामा काम गर्नुभएको थियो । जागिरबाट अबकास लिएपछि उहाँले खेतीपातीको काममा लाग्नुभएको थियो ।
- रासस/एएफपी
0 comments
Write Down Your Responses