प्रियंका का बुबाको निधन

 प्रियंका का बुबाको निधन
जेठ २७,
भारतीय नायिका प्रियंका चोपडाका बाबु डा. अशोक चोपडाको निधन भएको छ । उनको सोमबार भारतको मुम्वइ स्थित कोकिलाबेन अस्पतालमा उपचारका क्रममा निधन भएको जानकरी दिएको छ ।

डा. चोपडा सन २००८ बाट क्यान्सरबाट पीडित थिए । निधनका समय नायिका चोपडा, उनकी आमा र भाइ पनि अस्पतालमा नै थिए । नायिका चोपडा आफ्ना बाबु सँग समय बिताउन भन्दै आइतबार मात्रै अस्पताल पुगेकी थिइन् र उनले केहि दिन अघि बाबुको स्वास्थ्य लाभको कामना गर्दै पूजा पनि लगाएकी थिइन् ।

बलिउडका विभिन्न कलाकारले चोपडाको निधन प्रति सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्   ।
एजेन्सी

0 comments

Write Down Your Responses

Join Our Facebook !!!