खाद्य विभागद्धारा उपत्यकाका पाँच डेरी उधोगमा तालाबन्दी
खाद्य विभागद्धारा उपत्यकाका पाँच डेरी उधोगमा तालाबन्दी
५ असार,

तीनवटै डेरीबाट प्रशोधित दूध परिक्षण गर्दा अत्यधिक कोलिर्फम फेला परेपछि विभागले सिलबन्दी गरेको विभागले जनाएको छ । विभागले जेठ २३ र २४ गते १४ वटा दुध उद्योगको अनुगमन निरिक्षण गरि परिक्षणका लागि नमुना लगेको थियो । अनुगमन गरेका दुध उद्योगको नमुना परिक्षण गर्दा अधिकांश उद्योगबाट प्रशोधित दुधमा कोलिर्फम पाइएको विभागले जनाएको छ । कोलिर्फम मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक केमिकल हो ।
अहिलेसम्म विभागले भक्तपुरमा संचालित खरिपाटी डेरीबाट उत्पादित गायत्री ब्राण्ड, सैंजु डेरीको अमृत र कान्तिपुर ब्राण्ड, भक्तपुर डेरीको बिडिपीएल ब्राण्ड, संजीवनी डेरीको संजीवनी ब्राण्ड र बालाजुमा संचालित आधुनिक डेरी प्रालिको एडीपी ब्राण्डको दूध उत्पादन तथा बिक्री बितरणमा रोक लगाएको छ । परिक्षण गर्दा अत्यधिक मात्रामा कोलिर्फम पाइएका डेरीहरुलाई विभागले सम्बन्धीत जिल्लाका जिल्ला प्रशासन कार्यलयसँग समन्वय गरेर सिलबन्धी गरिरहेको जनाएको छ ।
विभागले यी पाँचवटा डेरीबाट उत्पादित दूध अर्को सूचना नआउँदासम्म उपभोग नगर्न सर्वसाधरणलाई सचेत गरेको छ । पछिल्लो समय विभागले दूध उद्योगको अनुगमन निरिक्षणलाई तिब्रता दिएको छ । अनुगमन गरेका सबैजसो उद्योग मापदण्ड बिपरित संचालन भएको विभागले जनाएको छ ।
0 comments
Write Down Your Responses